नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

धनगढी, भदौ १५
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पास गर्नुपर्ने आवाज पार्टीमा उठे पनि सहमति जुट्न सकेको छैन । देउवाले पटक पटक छलफल गर्दा पनि सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply