लुम्बिनी प्रदेश सभाको ३३ औं बैठक बस्दै, के-के छन् कार्यसूची

धनगढी भदौ ३०
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३३ औं बैठक आइतबार बस्दैछ।

दिउँसो १ बजेको लागि तोकिएको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

सभामा प्रस्ताव पेश भएपछी प्रदेश मामिला तथा कानुन समितिमा पठाउनेगरी निणर्यार्थ प्रस्तुत गरिने जनाएको छ।

२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो। यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए।

यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लवकुमार पुनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply