‘पाँचौं मिस्टर काठमाडौं’ प्रकाश राईको निधन

धनगढी असोज २
पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ।

शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए।

उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ।

मोरङ पथरी शनिश्चरे नगरपालिका-१ स्थित घर भएका उनी ‘फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौं आएका थिए।

त्यसका लागि उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए। बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडेका थिए।

उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाबारे थप प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply