दलितलाई खै ? भन्‍दै प्रदर्शनसहित सरकारलाई प्रश्न

धनबहादुर बिक
धनगढी असोज ६
२००७ साल देखि ७५ बर्ष सम्म पनि एकजना दलितले प्रमुख पद पाउन नसकेको गुनासो

दलित समुदायका लागि संविधानले गरेको व्‍यवस्था कार्यान्वयन नभएको भन्‍दै ‘दलितका लागि दलित अभियान, नेपाल ले माइतीघरमा प्रदर्शन गरेको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा अभियानले बिहीबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा देशका विभिन्न भागबाट समेत प्रदर्शनमा सहभागी आएका थिए । उनीहरूले पछिल्लो समय राजनीतिक नियुक्ति र सरकार बनाउँदामा दलित समुदायलाई समावेश नगरेको भन्‍दै प्रदर्शनमा उत्रिएको बताएका छन् ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछूतको हटाउन प्रभावकारी कानुन, नीति कार्यक्रम नल्याएको भन्दै युवाहरूले विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शनसहित सरकारलाई प्रश्न गरेका छन् ।

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब ४३ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए ।

हजारौंको उपस्थितिमा भएको प्रदर्शन समापन अघि अभियन्ता खगेन्द्र सुनारले आफ्नो भनाइमा सरकार तथा राजनीति दलका प्रमुख नेताहरूलाई ठाडो चुनौती दिंदै भनेका छन । अहिलेसम्म तपाईं हरूले दलितलाई छोड्दै आउनुभयो अब पनि तपाईं हरू सच्चिनु भएन भने दलितले तपाईं हरूलाई छोड्नेछन । दलितले तपाईं ला छोडदाको अवस्थामा तपाईं हरूका पार्टी र तपाईं हरूका सरकार को अवस्था के हुने आफै बुझ्नुहोला ।

नेल लगाएर माईतिघर मण्डला मा उर्लिएको हजारौं दलितहरू लाई सम्बोधन गर्दै अभियन्ता सुनारले भने यो देशमा प्रजातन्त्र प्राप्ति का लागि होस वा गणतन्त्र का लागि होस सबैभन्दा बढी दलित हरू आन्दोलनमा खटिएका छन । उनले एकीकृत नेकपा माओवादी नेता पुष्पकमल दहाल प्रति प्रश्न गर्दै भने १० बर्षे जनयुद्ध मा सबैभन्दा बढी दलितले रगत बगायका छन तर तपाईं ले दलित लाई के दिन सक्नुभयो ।२००७ सालमा राणा का बिरूद्ध हजारौं दलित हरूलाई लडाउनुभयो झण्डै ७५ बर्ष पुगिसक्दापनि एकजना दलित प्रधानमन्त्री बन्न सकेन , एकजना न्यायाधीश हुन पाएनन , एकजना दलित सिडियो बन्न पाएनन , एकजना दलित डिआईजी हुन सकेनन आखिर दलितले के पाए ।

अभियन्ता सुनारले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली प्रति आक्रोश पोख्तै भने नेकपा एमाले ले पनि जनताको बौदलिय जनवाद को नारा लगाउदै दलितलाई पनि सोही नारामा लामबद्ध हुन उर्दि जारी गरे अनुसार हजारौं दलितहरू तपाईं हरूका पछि लागे अहिलेसम्म पनि लागिरहेकै छन तर यो देशमा नेकपा एमाले बाट नै सबैभन्दा बढी पिडित हुँदै आएका छन । झन अहिले को गठबन्धन सरकारले एकजना पनि दलित लाई मन्त्री नबनाउनु यो सरकार को दलित लाई हेर्ने दृष्टिकोण कस्तो होला भनेर बुझ्न सकिन्छ ।

असोज ३ गते काठमाडौमा माईतिघर मण्डलामा नेल लगायर बसेको ४५ दिन पूरा भए पश्च्यात । अजित मिजार र नवराज बि.कको आमाको हातबाट नेल खोली – दलित खै भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन धर्ना स्थल माईतिघरमा खुल्ला पत्रकार सम्मेलन सहित स्थगित गरिएको थियो ।
सरकारले अझै पनि दलितका माग पूरा नगरे दोस्रो चरणको आन्दोलन अझै सशक्त हुने दलितका लागि दलित अभियान दाङ जिल्ला संयोजक केशव नेपाली ले बताएका छन । केहिदिनमै मेचीमहाकाली अभियान समेत सञ्चालन गरिने अभियन्ता नेपाली ले जानकारी दिए । मेचीमहाकाली यात्रा ले मुलुकभरिका दलित समुदायलाई जनचेतना संगै सशक्तीकरण गर्दै लैजाने अभियानका रूपमा विकास हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply