सेयर बजार ३७.१३ अंक बढे, नेप्से २६९० अंकमा कायम, ७ अर्ब ९ करोडको कारोबार

२१ असोज धनगढी
सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।

अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे । बैंकिङ १.९०, विकास बैंक १.१०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर १.०५, लगानी १.४६, जीवन बीमा १.११, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.८८, अन्य २.६१ र व्यापार समूह १.४६ प्रतिशत बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply