४.८५ अंकले बढे सेयर बजार, नेप्से २६६८.१७ अंकमा कायम, पौने चार अर्ब बराबरको कारोबार

२३असोज धनगढी
दशैं अगाडिको अन्तिम कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.८५ अंकले बढेको बजार २६६८.१७ बिन्दुमा पुगेको छ तर अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । बुधवार नेप्सेमा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार कुल २९४ वटा धितोपत्रको ४० हजार १३१ कारोबारबाट ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच भएको छ । अब सेयर बजार २९ असोजमा मात्र खुल्ने छ । बुधबार बैंकिङ, वित्त, होटेल एण्ड टूरिजम, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यूचअल फण्ड, निर्जिवन बीमा र अन्य समूहको मूल्य बढ्यो भने विकास बैंक, लगानी, जीवन बीमा र व्यापार समूहको मूल्य घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले १.०५ प्रतिशतले कमाए ।

बुधबार मध्यसोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य सर्किट लेवलमा बढ्यो । बुधबार सबैभन्दा धेरै थ्रिस्टार हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । सिटिजन्स सुपर ३० म्यूचुअल फण्ड, सिटिजन्स म्यूचुअल फण्ड १, सानिमा बैंकसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । आज नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply