निर्मला पन्त घटनाको पत्यक्षदर्शी भएको बताउने नवराज अर्याल प्रहरी नियन्त्रणमा

२८ कात्तिक धनगढी
कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरण सहित दुष्प्रचार गरेको भन्दै गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो ।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सुचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौं ।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको दावी छ ।

पत्रकार ऋषी धमलाको प्राइम शो जनता जान्न चाहन्छनमा मंगलबार अर्याले निर्मला पन्त बलत्कार घटनाको प्रत्यक्षदर्शी भएको बताएका थिए । उनले आफूलाई राज्यले सुरक्षा दिए नाम बताउने बताएका थिए ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन । उनको बलत्कार पछि हत्या भएको पुष्टि भएपनि हालसम्म हत्यारा पत्ता लागेका छैनन् । लामो समय देखि घटनाको अनुसन्धान चलिरहेको बेला अर्यालयले आफू प्रतक्ष्यदर्शी भएको बताएपछि अहिले सामाजिक सञ्जालमा सनसनी मिच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply