स्वर्गद्वारी मन्दिरको प्यागोडा शैलीमा पुनःनिर्माण गरिँदै

५ मंसिर धनगढी
प्यागोडा शैलीको वास्तुकला प्रयोग गरी स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गरिन थालिएको छ । स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरी अर्थात् स्वर्गद्वारी महाप्रभुको समाधिस्थलमा सो मन्दिर निर्माण गर्न थालिएको हो ।

स्वर्गद्वारी आश्रमको लगानीमा आश्रम परिसरमा रहेको पुरानो मन्दिर भएको स्थानमा नयाँ मन्दिरको स्थापना गर्न थालिएको आश्रमका मुख्य कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिएका छन् । निर्माणका लागि सोमबार भूमि पूजा गरी शिलान्यास गरिएको हो । एक वर्षभित्र निर्माण सक्ने गरी मिस्त्री तयार गरी शिलान्यास गरिएको जनाइएको छ ।

प्यागोडा शैलीमा निर्माण भएको पशुपति नाथको मन्दिरको शैलीमा मन्दिरको निर्माण हुनेछ । जसका लागि डिपिआरको काम भइरहेकोमा करिब रू १२ देखि १५ करोडको लागत अनुमान गरिएको जानकारी दिँदै न्यौपानेले भनेका छन्- ‘केही डिजाइन आएका छन् सोहीअनुसार निर्माण थालेका हौँ, भक्तपुरे इँटा, सुर्की चुना, काठको पिल्लरको मात्रै प्रयोग हुनेछ ।’

मन्दिर निर्माणका लागि आन्तरिक स्रोत तथा दाताहरू खोजिएको छ । रू एक लाख २५ हजारभन्दा बढी दान दिनेको नाम शिलालेख लेख्ने, सो रकमभन्दा कम दिनेलाई रसिद दिने गरी भवन निर्माणार्थ सहयोग उठिरहेको छ । पुरानो शैलीको मन्दिरले स्वर्गद्वारीको महत्त्व थप बढ्ने विश्वास लिइएको न्यौपानेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply