डडेल्धुरामा घरेलु हिंसा र जबरजस्ती करणी उद्मोग मुद्दाका फरार प्रतिवादी पक्राउ

१५ मङ्सिर धनगढी
डडेल्धुरामा घरेलु हिंसा र जबरजस्ती करणी उद्मोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, ७ हजार जरिवाना र १५ हजार क्षतिपुर्ती तोकिएको आलिताल गाउँपालिका-१ बस्ने २९ वर्षीय श्याम बोहरा र जबरजस्ती करणी उद्मोग मुद्दामा ३० हजार जरिवाना तोकिएको पर्शुराम नगरपालिका-१ सलोन बस्ने ४० वर्षीय गगन बि.क पक्राउ परेका हुन्।

जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply