पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा तीन जनाको उम्मेदवारी

२४ मङ्सिर धनगढी
सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा अध्यक्षको लागि तीन जनाले उम्मेदवारी दिएका छन । अध्यक्षमा केशवराज जोशी, भरतबहादुर शाह र मीनबहादुर बमले उम्मेदवारी दिएका छ्न ।

उपाध्यक्षमा मानबहादुर साउद र राम धामीले उम्मेदवारी दिएका छ्न । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी तथा महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ ।

सचिवमा धनराज साउद,भुवनेश्वर प्रसाद बोहरा र शैलेन्द्र रोकायाको उम्मेदवारी परेको छ । त्यस्तै,सचिव समावेशीमा इन्द्राकुमारी केसी,मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक (हरिश)ले उम्मेदवारी दिएका छ्न ।

५ सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । सदस्यमा अर्जुन बहादुर सिंह, आशिषबहादुर सिंह, केशव दत्त भट्ट, कृतबहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेशबहादुर कठायत पदमबहादुर बोहरा, वासुदेव भट्ट,रमेशकुमार केसी लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन् । त्यस बाहेकका ३ महिला सदस्य, १ दलित सदस्य , २ जनजाति सदस्य, १ मधेसी सदस्य र १ अल्पसङ्ख्यक/ अपांग गरि ८ जना निर्विरोध निर्वाचित भएका छ्न । मंसिर २८ गते मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply