५ पुस धनगढीः
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको थियो ।
पार्किङ क्षेत्रमा रहेका रुख कटान गर्ने क्रममा शुक्रबार बम फेला परेको थियो । प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेकोे पस्चात प्रहरी–प्रशासनलाई जानकारी गराइएको थियो ।
अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बम पुरानो र खिया लागेको अवस्थामा रहेको र नेपाली सेनाले बमलाई डिस्पोज गरेको जानकारी दिए ।
बमलाई भैरहवास्थित कालीभक्ति गण ९ई० बाट आएको टोलीले डिस्पोज गरेको थियो । प्रेस कुकरको ह्रयाण्डलाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्री लगायतका उपकरण जडान गरिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।