दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा

पुष १४ धनगढी
एउटै सिजनको १३ दिनभित्र तीनपटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथ्लेस्ट हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी छिन् । सीएनएनले आइतबार सार्वजनिक गरेका ८ जनाको सूचीमा श्रेष्ठ परेकी हुन् ।

फोटो पत्रकार समेत रहेकी नेपाली आरोही श्रेष्ठले मे १२, मे १९ र मे २५ मा आरोहण गरेकी थिइन् । “मेरो शरीर निल्यो। मलाई मूर्ख केटी जस्तो लाग्यो। मलाई अक्सर यो महत्त्वाकाङ्क्षा त्याग्न मन लाग्थ्यो,’ उसीएनएन स्पोर्टलाई श्रेष्ठले भनेकी छिन्, ‘हिमाल उक्लनु शरीरको कमजोरी र लागतको कारण चुनौतीपूर्ण थियो र तर मैले सपना देखेँ र सफल भएँ। मैले मेरो सपनामा जोड दिएँ। मेरो सपनामा ध्यान केन्द्रित गर्नु सबैभन्दा कठिन कुरा थियो।’

उनी सातौँ अग्लो हिमाल धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् । उनले २०२१ मा उक्त हिमाल आरोहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply