प्रदेशसभा दिवसमै प्रमुख पदाधिकारीले गरे सरकारकाे आलाेचना

माघ ७ धनगढी
सुदूरपश्चिम प्रदेश सभा स्थापनाको सात वर्ष पूरा भएको अवसरमा आज आयोजना गरिएको कार्यक्रममै प्रदेशका प्रमुख पदाधिकारीले नै सरकारको आलोचना गरेका छन्। प्रदेश राजधानी ताेकिएकाे छ बर्ष बितिसक्दा पनि सरकारले स्थायी राजधानी निर्माण गर्न नसकेको भन्दै प्रदेश प्रमुख र सभामुखले मञ्चबाटै सरकारकाे आलोचना गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मिँया र सभामुख भीमबहादुर भण्डारीले प्रदेशको स्थायी राजधानी निर्माणको टुङ्गो लगाउन नसकेको भन्दै सुदूरपश्चिम सरकारको आलोचना गरेका हुन। प्रदेश प्रमुख नजिर मिँयाले भने, ‘यहाँ राजधानीको कुरा कसैले गर्नु भएन। यो विडम्बना हो। राजधानी बनाउने कहाँ हो ? यहाँ दुई तिहाइको सरकार छ। दुई तिहाइ मात्र होइन, सत प्रतिशतको चाँसो हुनुपर्ने हो।’ सुदूरपश्चिम सरकारले ‘आफ्नो छानो’ पनि बनाउन नसकेकाे उनकाे भनाई थियाे ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले स्थायी राजधानी यो वर्षमा भएन भने नयाँ ढङ्गले सोच्नुपर्ने बताए। उनले भने, ‘यो वर्षमा पनि राजधानी टुङ्गिएन भने नयाँ तरिकाले सोच्नुपर्छ। हाम्रो छत पनि बनाउन नसक्ने हैसियतमा रहयौ भने, हाम्रो औचित्यमा कसैले प्रश्न गर्न पर्दैन। हामी आफै भित्रबाट प्रश्न खडा हुन्छ।’

प्रदेश सभाको पहिलो कार्यकालमै २०७५ असोज १२ गतेको बैठकमा दुई तिहाइको निर्णयबाट सुदूरपश्चिमको प्रदेश स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका–४ तेघरी वन क्षेत्रमा निर्माण गर्ने निर्णय भएको थियो। तर, निर्णय भएको यत्तिक वर्षसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेकाेमा सरकारसंगै व्यबस्था माथि नै प्रश्न उठ्ने गरेकोमा आज प्रदेश प्रमुख र सभामुख लगायतका पदाधिकारीले नै प्रश्न गरेका हुन।

राजधानी घोषणा हुने बेला प्रदेश सभाकाे बहुमतद्वारा निर्णय भएको हो। त्यसबेला प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले भने विरोध गर्दै त्यस दिनको सभा नै बहिष्कार गरेको थियो। हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाहले गर्दैछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply