अमेरिकामा ६० यात्रु सवार जहाज आकाशमै ठोक्कियो सेनाको हेलिकप्टरसँग

माघ १७ धनगढी
अमेरिकामा यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्।

स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकाको रिगन वासिङटन नेशनल विमानस्थलनजिक पोटोम्याक नदीनजिक दुर्घटना भएको हो।

वासिङटन पोस्टले धेरै मानिसहरूलाई नदीबाट बाहिर निकालिएको जनाएको छ। यद्यपि कतिजनाको मृत्यु भएको भन्ने खुलिसकेको छैन।

अमेरिकन एयरलाइन्सले जहाजमा ६० जना यात्रु र चार जना चालक दलका चार सदस्य रहेको जनाएको छ।

सेनाको हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको रोयटर्सले लेखेको छ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी, उद्धारकर्ता र एम्बुलेन्स परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply