आज कति छ सुन-चाँदीको मूल्य ?

माघ २० धनगढी
नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply