एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति हेरफेर

माघ २० धनगढी
नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति हेरफेर गरेको छ।

एकीकृत समाजवादीले यसअघि तय गरिएको मिति हेरफेर गर्दै फागुन ६ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ।

पार्टी महासचिव घनश्याम भूसालले दिएको जानकारीअनुसार फागुन ७ गते पोलिटब्युरो बैठक बस्नेछ।

केन्द्रीय कमिटी बैठक भने फागुन ८ र ९ गते बस्ने गरी तय भएको भूसालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply