राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा

धनगढी २३ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा हुने भएको छ । संगठनको बुधबार काठमाडौँमा बसेको पदाधिकारी बैठकले आउँदो चैत १६ देखि १८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको संगठनका सदस्य–सचिव निराजन बमले जानकारी गराए ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको महाधिवेशन चैत मसान्तसम्म सक्न निर्देशन दिएको थियो । पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरू महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको र युवा संगठनको महाधिवेशन समयमा सक्ने गरी निर्णय गरेको सदस्य सचिव बमले बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि महाधिवेशन गर्न बाँकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधानअनुसार महाधिवेशन गर्न हरेक हिसाबले तयार हुँदै गएको संगठनका सदस्य सचिव निराजन बमको भनाइ छ ।

अहिलेसम्म ४० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाको अधिवेशन पनि फागुनको तेस्रो सातासम्म सकिने र चैत पहिलो साताभित्र महाधिवेशन प्रतिनिधिहरूको नामावली समेत जिल्लाबाट पठाउन पत्राचार गर्ने निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply