पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर घाइते आचार्यलाई पनि काठमाडौँ ल्याइयो

फागुन ३ धनगढी
पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि काठमाडौँ ल्याइएको छ । मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ । यसअघि सोही कार्यक्रम घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply