फागुन ८ धनगढी
बैतडीमा एक प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका– ३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादु खडायतको भीरबाट लडेर मृत्यु भएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । हाल घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1