अछाममा अटोरिक्साको ठक्करबाट महिलाको मृत्यु

फागुन ९ धनगढी
अटोरिक्साको ठक्करबाट अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको अटोरिक्साको ठक्करबाट मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६४२३ नम्बरको अटोरिक्साले पुष्पलाल (मध्यपहाडी) सडकअन्तर्गत साँफेबगर–मङ्गलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply