फागुन ११ धनगढी
महानगरपालिका-४ चन्डोलको एक घरमा जुवातास खेलिरहेको अवस्थामा समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै
उदयपुर, त्रियुगा नगरपालिका-१२ को एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार साँझ नै प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
