केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न बुफोन पनि पुगे रंगशाला

फागुन १९ धनगढी
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ दशरथ रंगशाला मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन रंगशाला आइपुगेका छन्। उनी प्रमुख अतिथिको रूपमा रहनेछन्।

कुमा सागर, पूर्ण राईको पनि प्रस्तुति रहने बताइएको छ।

प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply