फागुन २३ धनगढी
कैलालीमा एक फर्निचरमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ सि गाउँ बस्ने दानसिंह कुँवरको टिनले छाएको फर्निचरमा बिद्युतको तार शर्ट भई बिहीबार आगलागी भएको हो।
आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामान गरी अन्दाजी रु ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1