फागुन २९ धनगढी
सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णयहरू गरेको छ। बैठक मुख्यमन्त्री कमल बहादुर शाहको सरकारी निवासमा बसेको थियो।
बैठकमा प्रदेश सरकारको कामलाई अझ सशक्त बनाउन, राजनीतिक नियुक्तिहरू छिटो परिपूर्ति गर्ने, जनताको प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयारी गर्ने लगायतका विषयमा छलफल भयो। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले यसबारे जानकारी दिएका छन्।
बैठकमा प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री शाह, एमाले नेता राजेन्द्रसिंह रावल, एमाले इन्चार्ज लेखराज भट्ट, र अन्य नेताहरूले बजेट र राजनीतिक नियुक्तिबारे आवश्यक निर्णयहरू गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1