चैत ६ धनगढी
कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र भजनी नगरपालिका–६ थापापुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख ७ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त मूल्यको बिडी, सुर्ती, सिद्रा माछा, बोइलर कुखुरालगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
