बाजुराका भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता प्रदान गरिने

चैत ७ धनगढी
बाजुरामा भुकम्प पीडितलाई घर पुनःनिर्माण गर्न दोस्रो किस्ता वाफतको रकम दिईने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले भुकम्प पीडितहरुलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्तावाफतको रकम दिने भएको हो ।

समितिले सो वाफतको रकम पालिकालाई हस्तान्तरण गर्ने बताईएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याले भुकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्तावाफतको रकम उपलब्ध गराउन लागिएको जानकारी दिए । उनले गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार उक्त रकम १ हजार ४७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्नाथ गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply