भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

चैत ७ धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन् । रानाथारु समुदायले एक महिना आठ दिनसम्म मनाउने होरी (होली) पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply