बर्ड फ्लुका कारण बाघिनीको मृत्यु भएपछि…

बैशाख ३१ धनगढी
गोरखपुर (भारत)को ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलललाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार गोरखपुर चिडियाखानामा एभियन इन्फ्लुएन्जाका कारण एक बघिनीको मृत्यु भएपछि राज्यका सबै चिडियाखाना र सफारीहरू एक हप्ताका लागि (मे २० सम्म) अस्थायी रूपमा बन्द गरिएको छ।’

निकुञ्जले आवश्यक सावधानी अपनाएको र कर्मचारीको स्वास्थ्य परीक्षण गरिरहेको उल्लेख गर्दै पटेलले भनेका छन्, ‘चिडियाखानाका कर्मचारीको स्वास्थ्य अनुगमन भइरहेको छ । हामी सबै सावधानी अपनाइरहेका छौँ । हाम्रो निकुञ्जका कुनै पनि जनावरमा बर्ड फ्लुको लक्षण देखिएको छैन ।’

चिडियाखानामा बर्ड फ्लुको पुष्टि हुने बित्तिकै राज्यका चिडियाखानाहरू सावधानीको उपायको रूपमा एक हप्ताका लागि बन्द गरिएको उत्तर प्रदेशका वनमन्त्री अरुण सक्सेनाको भनाइ छ । उनका अनुसार भाइरसको सङ्क्रमण फैलिन नदिन सबै चिडियाखानामा सरसफाइको काम भइरहेको छ । एक हप्तापछि फेरि जाँच गरिनेछ र थप निर्णय लिइनेछ।

यसअघि उत्तर प्रदेश सरकारले लखनउ, कानपुर र गोरखपुरमा रहेको इटावा लायन सफारी र चिडियाखानालाई एक हप्ताका लागि बन्द गर्न आदेश दिएको थियो ।

मङ्गलबार मुख्यमन्त्री योगी आदित्यनाथले एच-फाइभ एभियन इन्फ्लुएन्जा भाइरसबारे चेतावनीपछि राज्यको तयारी र प्रतिकार्य योजनाको समीक्षा गर्न वरिष्ठ अधिकारीहरूसँग एक उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए । बर्ड फ्लु एक अत्यधिक सङ्क्रामक भाइरल रोग हो जसले विशेष गरी कुखुरा, हाँस र टर्कीजस्ता पङ्क्षीलाई असर गर्दछ ।

यो इन्फ्लुएन्जा ए भाइरसको कारण हुन्छ र ‘एच-फाइभ’ ले यी भाइरसहरूको उपप्रकारहरू मध्ये एकलाई बुझाउँछ । विशेष गरी एच–फाइभ एन–वन सबैभन्दा धेरै देखिने र खतरनाक रूपहरू मध्ये एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply