धनगढीमा जेठ २९ देखि ३१ गतेसम्म प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुने

जेठ ३ धनगढी
कैलालीको धनगढीमा प्रथम नेकोस सुदूरपश्चिम प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा यही जेठ २९ देखि ३१ गतेसम्म धनगढी रंगशाला हुने भएको हो ।

महासंघले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रुपमा चिनाइ राष्ट्रिय एकतालाई खेलमार्फत मजवुत बनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रकाशकुमार चन्दले बताए ।
भलिबलका खेलाडी तथा अभिभावकलाई भलिबल खेलप्रति उत्प्रेरित गराउने तथा नव प्रतिभालाई प्लेटफर्म प्रदान गरि राष्ट्रिय,अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित गराउने प्रतियोगिताको उदेश्य रहेको उनले बताए ।

प्रतियोगितामा ९ वटा टिमका १ सय ८ जना खेलाडी तथा प्रशिक्षक र १२ जना जना अनुभवि तथा मान्यता प्राप्त रेफ्रीहरुको सहभागिता रहने उनले जानकारी दिए ।

प्रतियोगितामा नेपालका सिनियर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउने उनले बताए । प्रतियोगिताको अवधिभर ५० हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रथम पुरस्कार राशी रु १ लाख १ हजार १११,द्वितीय पुरस्कार ५१ हजार र तृतीय पुरस्कार ३१ हजार रहेको अध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख ३३ हजार १११ खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply