मनकारी वडाध्यक्ष : मासिक पाउने सेवा सुविधाबाट विद्यार्थीलाई पाठ्य सामग्री सहयोग

जेठ ३ धनगढी
कैलालीको गोदावरी नगरपालिका – ११ का वडाध्यक्ष प्रेम सिंह बडैलाले आफूले वडामा काम गरे बापत पाउने सेवा सुविधाको रकमबाट विपन्न, जेहेन्दार विद्यार्थीलाई पाठ्य सामग्री सहयोग गरेका छन् । शनिवार आफ्नो ४७ औँ जन्मदिनको अवसर पारेर वडाध्यक्ष बडैलाले १२० जना विद्यार्थीलाई पाठ्य सामग्री सहयोग गरेका हुन ।

उनले वडाध्यक्षमा निर्वाचित भएपछि वडाबाट कुनै सेवा सुविधा नलिने घोषणा अनुसार गठन गरेको ‘वडाध्यक्ष राहत कोष’ बाट वडामा विद्यार्थीलाई पाठ्य सामग्री वितरण गरेको बताए ।

‘मैले सरकारबाट जुन सेवा सुविधा, भत्ता पाउँछु, त्यसबाट एउटा राहत कोष बनाएको छु’ उनले भने ‘जसबाट गरिब, असहाय, कसैको खानेपानी जोड्ने, कसैको बिजुली बत्ती जोड्ने, कसैको घरको टिनाहरु हाल्ने, कसैको ट्वाइलेटहरू बनाइदिने लगायतका काम गरेका छौ ।’ उनले अहिले नयाँ शैक्षिक सत्रको सुरुवात भएकाले विद्यार्थीहरूलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले पाठ्य सामाग्री वितरण गरिएको बताए ।

जसअन्तर्गत १ देखि ३ कक्षाका विद्यार्थीलाई ७ कपि र पेन्सिल, ४ देखि ५ कक्षाका विद्यार्थीलाई ८ कपि र कलम तथा कक्षा ६ देखि ११ सम्मका विद्यार्थीलाई १० कापी कलम वितरण गरिएको

पाठ्य सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले सरकारबाट पाउने सेवा सुविधाबाट गरिब, असहायलाई सहयोग गर्दै आएकोमा धन्यावाद ज्ञापन गरे । उनले वडाध्यक्षले व्यक्तिगत रूपमा राहत कोष स्थापना गरेर शैक्षिक सामग्री वितरण गर्दा गरिब, असहाय, विपन्न वर्गका विद्यार्थीलाई राहत पुगेको बताए ।

‘वडाध्यक्ष राहत कोष’ का अध्यक्ष जङ्ग बहादुर बडैलाले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका वडावासीलाई सहयोग गरिने बताए । उनले राहत कोष मार्फत हालसम्म ४ परिवारको घरमा खानेपानीको धारा जडान, एक घरको छानो निर्माण, ३ घरमा ट्वाइलेट निर्माण, ५ घरमा विद्युत् जडान, २ बालबालिकालाई स्कुल ड्रेस सहितका शैक्षिक सामग्री वितरण गरिएको बताए ।

कार्यक्रममा शैक्षिक सामग्री पाएपछि स्थानीयले खुसी व्यक्त गरेका थिए । स्थानीय अभिभावक डम्मरी भुलले शैक्षिक सत्रको सुरुमा कापी कलम पाउँदा सहज भएको बताइन । उनले कापी कलम किन्ने पैसा जोगिएको बताइन । स्थानीय अभिभावक अज्मी बुढाले पनि कापी कलम पाउँदा सहज भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply