माओवादीको मध्यपहाडी लोकमार्ग अभियान आज कर्णाली प्रवेश गर्दै

जेठ ०४ धनगढी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिमको बैतडीबाट जेठ २ गते सुरू गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियान आज कर्णाली प्रदेशमा प्रवेश गर्दैछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोली आज कर्णाली प्रदेशको दैलेखमा प्रबेश गर्ने भएको हो ।

माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र प्रदेश अध्यक्ष हरिराम चौधरीले अभियानको राष्ट्रिय झण्डा र पार्टीको झण्डा कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल तथा प्रदेश अध्यक्ष विमला केसीलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

बैतडीबाट सुरु भएको अभियान डडेल्धुरा,डोटी,अछाम हुँदै दैलेख प्रवेश गर्ने भएकाे हाे । माओवादी केन्द्रका अनुसार जेठ ५ गते जाजरकोटको खलङ्गामा जनसंवाद, जेठ ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद कार्यक्रम हुनेछ ।

त्यस्तै जेठ ७ गते पूर्व रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा,जेठ ८ गते बागलुङ, ९ गते पर्वतको कुस्मा र १० गते कास्कीको पोखरामा जनसभा हुने जनाइएको छ ।

माओवादी केन्द्रले अभियानमार्फत स्थानीय जनतासँग प्रत्यक्ष संवाद, जनचासोका विषयमा अन्तरक्रिया र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply