अछाममा चितुवाले ४ बाख्रा मार्‍यो

जेठ ५ धनगढी
अछाममा चितुवाले ४ बाख्रा मारेको छ । गएराती २ बजेको समयमा जंगली जनावर चितुवाले अछाम रामारोशन ५ दलेना बस्ने उदय बहादुर रोकायाको ढुङ्गा माटोले बनेको खरले छाएको कच्चि बाख्रा खोरमा पसी ४ बाख्रा मारेको हो ।

चितुवाले छाना माथिबाट भित्र पसि उक्त खोरमा बाँधेका बाख्रा-२ , बोका -१ र च्याङ्ग्रा-१ गरी जम्मा ४ वटा चौपाया मारी क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ईश्री प्रशाद भण्डारीले निशाना न्युजलाइ जानकारी दिए ।

मानवीय क्षती नभएको उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट चौताराबाट प्र.स.नि.चन्द्र सिंह पालिको कमाण्डमा प्रहरी टोलि खटि थपअनुसन्धान कार्य भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply