बैतडीमा हावाहुरी र असिनापानीले एक जना घाइते, विभिन्न क्षेत्रमा क्षती

जेठ ६ धनगढी
बैतडीमा हुरी र असिनापानीका कारण एक जना घाईते भएका छन भने विभिन्न क्षेत्रमा क्षती पुगेको छ । सोमबार बेलुका आएको हावाहुरी र असिनापानीका कारण सिँगास गाउँपालिका–२ मैतडका १४ वर्षिय टेकेन्द्र बोहरा घाईते भएका हुन भने अन्य विभिन्न क्षेत्रमा पनि क्षती पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना हावाहुरीले उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको उनले बताए ।

उनका अनुसार सिँगास–५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए ।

हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका–६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि केही समय अवरुद्ध बनेको थियो । असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको छ भने हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply