बजारमा आउन थाल्यो आँप, कति पर्छ किलोको?

जेठ १३ धनगढी
बजारमा आँप आउन सुरू गरेको छ।

बजारमा साता/दश दिनदेखि विभिन्न जातका आँप आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।

‘आँप आइरहेको छ। एक सातापछि त मुख्य सिजन नै सुरू हुन्छ,’ उनले भने।

उनका अनुसार हाल लहानबाट बढी मात्रामा आँप आएको छ। उपभोक्ताले बजारमा मालदह, दसहरी र बमोई गरी तीन प्रकार आँप पाउँछन्।

बल्खु बजारमा मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक सय, दसहरी एक सय पाँचदेखि एक सय दश र बमोई आँप ८० रूपैयाँ किलोमा बिक्री भइहेको छ।

असार १५ सम्म तराई क्षेत्रका आँप आउँछ भने त्यसपछि पहाडी भेगका आँप बजार आउन थाल्नेछ।

ग्राहकले आँप साउन अन्तिमसम्म बजारमा किन्न पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply