ईमरल्ड एकेडेमीले गणतन्त्र दिवसको दिन राख्यो अन्तरकृया

जेठ १६ धनगढी
गणतन्त्र दिवसको अबसर पारेर धनगढी ३ बिशालनगर स्थित ईमरल्ड एकेडेमीले अन्तरकृया गरेको छ । गणतन्त्र भनेको केहो यस्का फाइृदा र बेफाइदाका बिषयमा आज एकेडेमीले अन्तरकृया गरेको हो ।

कायक्रमको उदघाटन गर्दै ३ का वडा अध्यक्ष राज बहादुर ऐरले लेगणतन्त्रको महत्त्व र इतिहासबारे बिद्यार्थी तथा आम नागरिकलाई जानकारी हुनुपर्ने बताए ।

सहभागीले स्थानिय तह र सरकारको भूमिका ,गणतन्त्रकै कारण संघिय शासण व्यवस्था रहन्छ वा अन्य कुनै शासन प्रणालीमा नि हुन्छ भन्ने कुरा र वडा कार्यसमिती को गठन प्रकृया, चुनावी उमेदवारी प्रकृया, महिला, दलित र खुला सदस्य संख्या, उमेदवारीका लागि आरक्षण अनिवार्य सम्बन्धिका कुराहरुमा बहस भएको ईमरल्ड एकेडेमीका प्रिन्सिपल शशी पाठकले जानकारी दिए ।

स्थानिय तहले प्रवाह गर्ने अनिवार्य सेवाहरू बारे ,वर्तमान समयमा गणतन्त्र रज्यका लागि उपयुक्त वा अनुपयुक्त बिषयहरुमा समेत बहस छलफल गरिएको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले गणतन्त्र भनेको सरल भाषामा के हो ? यो किन आवश्यक छर? गणतन्त्रको स्थापना कसरी हुन पुग्यो र गणतन्त्रको राम्रा र बलियो पक्षहरु मा मन्तव्य राखेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य . भगिरथ पन्तले राखेका थिए भने संचालक दिलराम चौधरी गरेका थिए । गणतन्त्रको परिचय,इतिहास,पृष्ठभूमिका बारेमा जगत प्रसाद जोशीले मन्तब्य राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply