जेठ १८ धनगढी
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बिहान केआइसिंह गाँउपालिका– ५ स्थित केदारे गाँउमा ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाँउपालिका ६ गगुडाका ४२ वर्षीय मिन बहादुर बमको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए । उनीहरुको परिचय खुल्न बाँकी रहेको छ । घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
जिप अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
