१६ ग्राम बढी गाँजासहित एकजना पक्राउ

२२ जेष्ठ धनगढी
अछाममा गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ढकारी गाउँपालिका–३ का २१ वर्षीय नितेशबहादुर बुढा रहेको सुदूरपीश्चम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले मंगलसेन नगरपालिका–५ स्थित डेरामा बस्दै आएका बुढाको कोठामा खानतलासी गर्दा १६ ग्राम ५२० मिलीग्राम गाँजा फेला पारी बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply