असार १२ धनगढी
बिहीबार नेप्से परिसूचक घटेको छ।
नेप्से ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने केही बढेको छ।
बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब ८४ करोड रूपैयाँ बढेको हो।
आज ३०६ वटा धितोपत्रको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ वटाको घटेको छ।
यसदिन ग्रीन डेभलपमेन्ट बैंको मूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०१ रूपैयाँ ५७ पैसा कायम भएको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९९५ रूपैयाँ ८८ पैसा पुगेको छ।
रिलायवल समृद्धि योजनाको मूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ ०७ पैसामा झरेको छ।
यसैगरी, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६.०६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५४ रूपैयाँ ७१ पैसा कायम भएको छ।
बिहीबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ८४० रूपैयाँ १० पैसामा ६२ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८२ रूपैयाँ ९० पैसामा ३९ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक घटेको छ भने बाँकी चार समूहको बढेको छ।
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ।