असार १४ धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शुक्रबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ सहिद गेट र टीकापुर नगरपालिका-८ अरनुवास्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१ लाख ७५ हजार ६५० बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका बिडी, सुर्ती, पानीपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1