पिएसजीमाथि तीन गोल गर्दै चेल्सीले जित्यो फिफा क्लव विश्वकपको उपाधि

असार ३० धनगढी
इंङ्लिस क्लव चेल्सीले यसपालिको फिफा क्लव विश्वकपको उपाधि जितेको छ।

गएराति फ्रेञ्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै चेल्सीले क्लव विश्वकपको उपाधि जितेको हो।

मेटलाइफ स्टेडियममा चेल्सीले पिएसजीलाई ३-० गोलले पराजित गरेको हो।

चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे।

२२ मिनेटमा उनले पहिलो गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए।

त्यसको सात मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे।

४३ मिनेटमा जोआओ पेड्रोले गोल गरेपछि पहिलो हाफमै चेल्सी ३-० को बलियो अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि चेल्सीले उपाधि उचालेको हो।

८५ मिनेटमा पिएसजीका जोआओ नावेस रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

चेल्सीले सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई पराजित गर्दै फाइनल पुगेको थियो भने पिएसजी रियल मड्रिडलाई हराएर फाइनलमा पुगेको थियो।

फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मेटलाइफ स्टेडियम पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply