साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

साउन्ड ३ धनगढी
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुनेछ।

जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो।

पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।

‍नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो।

नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ।

नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ ।

लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply