यातायात व्यवस्था कार्यालयको राजस्व संकलन वृद्धि

साउन १५ धनगढी
यातायात व्यवस्था कार्यालय धनगढीको राजस्व संकलन वृद्धि भएको छ । कार्यालयको अघिल्लो आव २०८०/८१ को तुलनामा गत आव २०८१/८२ को राजस्व संकलनमा वृद्धि भएको हो ।

अघिल्लो आव २०८०/८१ मा कार्यालयले विभिन्न शीर्षकमा ६५ करोड ३१ लाख ६३ हजार राजस्व सङ्कलन भएकोमा गत आव २०८१/८२ मा ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी सुरेश ओखेडाले जानकारी दिए ।

उनले गत आवमा सवारी साधन करबाट ५६ करोड २४ लाख १७ हजार,चालक अनुमतिपत्र तथा सवारी दर्ता सम्बन्धी दस्तुरबाट १७ करोड ९२ लाख ३१ हजार राजस्व संकलन भएको जानकारी दिए ।

त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट एक करोड २१ लाख ९८ हजार,व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १७ लाख ६८ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १० हजार राजस्व संकलन भएको सूचना अधिकारी ओखेडाले जानकारी दिए ।

गत आवमा कार्यालयमा विभिन्न १२ हजार चार सय ४१ सवारी साधन दर्ता भएका तथा १० हजार ८ सय ६१ सवारी चालक अनुमतिपत्र जारी भएको कार्यालयले जनाएको छ ।

घिल्लो आव २०८०/८१ मा कार्यालयमा विभिन्न ८ हजार १ सय १५ सवारी साधन दर्ता भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply