बच्चा’ भनेर हेप्नेहरूलाई रिङमै चकित पारे – बझाङका छोरा रविन्द्र ढाँट भारतमा एमएमए च्याम्पियन

हेमा भट्ट, १८ साउन २९८२
नोएडा- भारतको नोएडामा आयोजित अन्तर्राष्ट्रिय म्याट्रिक्स फाइट नाइट (Matrix Fight Night) मा नेपालको शिर गर्वले उचो बनाउने ऐतिहासिक क्षण देखियो। बझाङका रविन्द्र ढाँटले उक्त प्रतियोगितामा भारतका डिफेन्डिङ च्याम्पियन Chunreng Koren लाई तेस्रो राउन्डको ५४ सेकेन्डमै नकआउट गर्दै गौरवपूर्ण जित हात पार्न सफल भए।

भिडन्तभन्दा अघि भारतीय खेलाडीद्वारा गरिएको “बच्चा” को अपमानजनक संकेत ढाँटका लागि चुप लागेर सहने विषय थिएन। उनले रिङभित्र उत्रिए, आत्मसम्मानको लडाइँ लडे, र इतिहास कोरे।

बझाङको पाखा-पखेरामा हुर्किएका रविन्द्रले सानैदेखि संघर्ष गरे। सुरुमा गल्लीमा कसरत, पछि आत्मविश्वास, अनि आज अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय गाथा। यस्तो जित कुनै आकस्मिक चमत्कार होइन, त्यो लुकेर बसेको गोर्खाली सामर्थ्यको गर्जन हो।

खेलाडीहरू राष्ट्रका अमूल्य गहना हुन । सरकारले चिन्नुपर्छ, साथ दिनुपर्छ। रविन्द्रको यो जित केवल व्यक्तिगत विजय होइन, यो नेपालको शिर उच्च बनाउने, युवाहरुलाई प्रेरणा दिने ऐतिहासिक माइलखुट्टा हो। विश्वले फेरि एकपटक महसुस गर्‍यो — ‘गोर्खाली पावर’ केवल इतिहास होइन, अहिलेको यथार्थ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply