साउन २१ धनगढी
कोशी प्रदेशमा फेरि लम्पी स्किन रोग फैलिएको छ, जसमा ६३७ पशुचौपायाको मृत्यु भएको छ।
खोप कार्यक्रम नियमित नहुँदा र राष्ट्रिय खोपमा समावेश नगरिँदा रोग बल्झिएको विज्ञहरूको भनाइ छ।
प्रदेशमा खोपको अभाव र किसानले बजारबाट खोप खरिद गर्दा लाग्ने खर्चको बारेमा जानकारी दिइएको छ।
विराटनगर । कोशी प्रदेशमा २०७९ फागुनदेखि ०८० साउनसम्म लम्पी स्किन रोगले ९ हजार ४२१ वटा गाई, गोरी तथा राँगा भैंसी ९पशुचौपाया० मरे ।
त्यसवेला सबैभन्दा बढी प्रभावित जिल्ला इलाम थियो । इलाममा त्यसवेला २ हजार १६० वटा पशु चोपायाको मृत्यु भयो । यस्तै दोस्रो नम्बरमा रहेको झापामा २ हजार ८४ पशुचौपाया मरेका थिए । त्यतिखेर प्रदेशका २ लाख ८१ हजार ५४९ पशुचौपाया प्रभावित बनेका थिए ।
त्यो प्रकोप फेरि आउन नदिन आर्थिक वर्ष २०८०र८१ मा तीनै तहका सरकारहरूले लम्पी स्किनविरुद्ध खोप अभियान चलाए । खोप अभियान चलाएकै कारण गत वर्ष समस्या देखिएन ।
तर, यो वर्ष फेरि प्रकोप देखिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आइतबारसम्म प्रदेशभर लम्पी स्किनका कारण ६३७ वटा पशुचौपाया मरिसकेका छन् भने २२ हजार १२२ प्रभावित छन् ।
यस पटक सबैभन्दा बढी प्रभावित जिल्ला झापा छ । झापामा हालसम्म ४१० वटा पशुचौपाया मरिसकेका छन् भने १४ हजार ६९२ वटा बिरामी ।
यसपछि मोरङ, इलाम, सुनसरी जिल्ला बढी प्रभावित छन् । फाट्ट फुट्ट ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र उदयपुरमा देखिएको छ । तीन जिल्लास संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु भने लम्पी स्किनबाट हालसम्म मुक्त छ ।
तीन वर्ष अगाडि प्रकोपको रूपमा आएको यो रोगविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा पशुपालक किसानले पुनः क्षति बेहोर्नुपरेको हो । र यसमा संघ, प्रदेश र स्थानीय सरकारहरू नै चुकेको देखिएको छ ।
‘दुई वर्षअघि खोप लगाएका पशुहरूमा यो रोग देखिएको छैन । खोप लगाउन छुटेका पशुहरूमा संक्रम देखिएको छ,’ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले भनिन् ।
उनले लम्पी स्किन रोगलाई राष्ट्रिय खोपमा समावेश नगरिँदा यो समस्या पुनः बल्झिएको तर्क गरिन् । ‘खोरेंत वा पीपीआरजस्तो बर्सेनि नियमित रूपमा खोप लगाउने कार्यक्रम र खोप लगाउने प्राविधिकलाई दिइने पारिश्रमिकको व्यवस्था छैन,’ उनले भनिन्, ‘रोग देखापरेपछि मात्र खोपको माग ह्वात्तै बढ्ने तर रोकथामका लागि पहिल्यै लगाउने प्रवृत्ति कम छ । यो नै समस्या दोहोरिनुको मुख्य कारण हो ।’
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा। गंगाराम यादव पनि समयमै खोप कार्यक्रम सञ्चालन नहुनु र रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनु नै प्रकोप फैलिनुको मुख्य कारण भएको बताउँछन् ।
‘लम्पी स्किन अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा नपर्दा यसको नियमित र तालिकाबद्ध खोप हुन सकेको छैन,’ डा। यादवले भने, ‘गत वर्ष पालिकाहरूले आफ्नै स्रोतबाट खोप लगाउँदा रोग नियन्त्रणमा थियो, तर यो वर्ष त्यसो नहुँदा र नीतिगत कमजोरीले गर्दा प्रकोप फैलिएको हो ।’
प्रदेशमा रोग नियन्त्रणका लागि खोप अभाव रहेको पनि उनले बताए । प्रदेशमा भएका पशु संख्याका आधारमा कम्तीमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेमा पशुसेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको उनले जानकारी दिए । ‘लम्पी स्किन अब नेपालमा स्थापित भइसकेको छ । त्यसैले यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरी दीर्घकालीन समाधान सम्भव छैन,’ यादवले थपे ।
तर सरकारीस्तरमा खोप अभाव भए पनि किसान आफैले किनेर गरेर लगाउन सक्ने अवस्था भने रहेको डा। यादव बताउँछन् । सरकारले प्रतिडोज २४ रुपैयाँमा खरिद गर्ने यो खोप बजारमा किसानले ५० देखि ६५ रुपैयाँसम्म तिर्नुपर्छ ।
यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । रोग लागिसकेका पशुलाई खोप लगाउँदा प्रभावकारी नहुने बरु उल्टै असर गर्ने विज्ञहरू बताउँछन् । यसका मुख्य लक्षणहरूः उच्च ज्वरो आउनु, शरीरमा कडा गिर्खाहरू देखिनु, दूध घट्नु र गर्भ तुहिनु आदि हुन् ।
तर प्राविधिक शुल्कसहित किसानले भने प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च गरिरहेका छन् । ‘यदि सरकारी खोपको प्रतीक्षा गर्न नसक्ने अवस्था भए किसानले बजारबाट खोप खरिद गरी प्राविधिक बोलाएर लगाउन सक्नुहुन्छ । यसो गर्दा प्राविधिक शुल्कसहित प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च लाग्न सक्छ,’ यादवले प्रस्ट्याए ।
यद्यपि प्रदेशस्तरमा यो कार्यक्रम लागु गर्न नसकिने भने छैन । केही समयअघि प्रदेशसभामा सपना दर्जीलगायतले लम्पी स्किन रोगको विषयमा सरकार गम्भीर हुनुपर्ने र नियन्त्रणका लागि खोप अभियान चलाउनुपर्ने माग गरेकी थिइन् । यस्तोमा प्रदेशले नै खोप अभियान चलाउने हो भने कम्तीमा २ करोड रुपैयाँ बजेट थप आवश्यक पर्ने डा। यादव बताउँछन् ।
यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । रोग लागिसकेका पशुलाई खोप लगाउँदा प्रभावकारी नहुने बरु उल्टै असर गर्ने विज्ञहरू बताउँछन् । यसका मुख्य लक्षणहरूः उच्च ज्वरो आउनु, शरीरमा कडा गिर्खाहरू देखिनु, दूध घट्नु र गर्भ तुहिनु आदि हुन् ।
डा। यादवले किसानहरूलाई आफ्नो गोठ सफा राख्न, नयाँ पशु ल्याउँदा क्वारेन्टाइनमा राख्न, झिंगा र लामखुट्टेबाट बचाउन र रोगको सिजन सुरु हुनुअघि नै ९फागुन–चैतमा० खोप लगाउन सुझाव दिएका छन् ।
दीर्घकालीन समाधानका लागि भने यो रोगलाई तत्काल राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी देशव्यापी अभियान चलाउनुको विकल्प नभएको उनको भनाइ छ ।