साउन २३ धनगढी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा गएको बाढीको क्षतिले मर्माहत बनाएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ‘मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठुलो क्षतिले मर्माहत बनाएको छ। बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौँ भारतीय नागरिक बेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ।’
गत बुधबार भारतको उत्तराखण्डमा गएको बाढीमा परी सयौँ बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1