कैलालीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

भदौ २६ धनगढी

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला भरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

जिल्लाका केही स्थानहरूमा उत्पन्न अस्थिर सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बिहीबार अपराह्न ३ बजेदेखि कर्फ्यु जारी गरेका हुन।

अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू हुने जनाइएको छ । आदेश अनुसार तीन जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न पूर्णरूपमा रोक लगाइएको छ।

अत्यावश्यक सेवा तथा कार्यका लागि भने सीमित समयमा आवतजावत गर्न पाइने जनाइएको छ।

आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply