अफ्रिकाको धुलोभित्र फक्रिएको ‘आशा’ : एक महिलाको ममताले बदलियो जीवन

असोज १९, २०८२ -अन्तर्राष्ट्रिय समाचार डेस्क
२००६ को तातो दिउँसो। अफ्रिकाको सानो गाउँ, धुलाम्य बाटो, र त्यसैमा उभिएको एक कमजोर बालक — भोक, प्यास र पीडाले उसका हड्डीहरू छालाबाट बाहिर निस्किएका थिए। आँखामा डर, ओठमा शब्दहीन पुकार, र वरिपरिका मानिसहरू उसको पीडा होइन, भय देख्थे। गाउँलेहरू भन्थे यो बालकमा जादु टोना लागेको छ। सबैले टाढा रहे, उसले पाएको थियो त केवल तिरस्कार र एक्लोपन।

त्यही समयमा डेन्मार्ककी समाजसेवी अञ्जा लभेन त्यहाँ आइपुगिन्। बालकको हालत देखेर उनको मुटु रोयो। उनले आफ्नो बोतलको पानी खोलेर बालकको सुक्खा ओठमा बिस्तारै हालिन्।
त्यो सानो घुट्को केवल पानी थिएन — त्यो जीवनको पहिलो आशा थियो।

अञ्जाले उस बालकलाई नाम दिइन् — ‘Hope’ (आशा) उनले भनिन्,हरेक बालकमा भविष्यको ज्योति हुन्छ, त्यसलाई निभ्न दिनु पाप हो।
त्यस दिनदेखि अञ्जाले Hope लाई आफ्नो सन्तानझैँ हेरचाह गरिन् — खाना, कपडा, शिक्षा, र त्योभन्दा बढी माया दिँदै उनले जीवनको नयाँ अध्याय लेख्न थालिन्।

वर्षौं बिते। २०१३ सम्म पुग्दा त्यो कङ्कालझैँ बालक अब आत्मविश्वासले चम्किएको किशोर बनेको थियो। र आज — सन् २०२५, Hope आफ्नो स्नातक समारोहमा उभिएको छ। हातमा डिग्री, अनुहारमा चमक, र भीडमा आँखा रसाएकी अञ्जा- Hope स्टेजमा गएर मुस्कुराउँदै भन्यो — “तपाईंले मलाई आशा दिनुभयो, अब म अरूलाई आशा दिन चाहन्छु।”

भीड तालीले गुञ्जियो, अञ्जाका आँखाबाट नीरव आँसु झर्‍यो। उनले बिस्तारै भनिन् —
“म उसलाई बचाउँदा एउटा जीवन मात्र होइन, एउटा भविष्य बचाएको रहेछु।”

आज पनि अञ्जा लभेन अफ्रिकामा टुहुरा, दुर्व्यवहारमा परेका, र बाँच्न संघर्षरत बालबालिकाहरूको लागि निस्वार्थ रूपमा काम गरिरहेकी छन्। उनको ममताले देखाएको उदाहरण सन्देश दिन्छ —मानवता अझै बाँचेको छ।

महिला साच्चिकै भगवान् हुन् — जब उनी ममताले कुनै आत्मामा ‘आशा’ फुलाउँछिन्।
यो समाचार विश्वका सामाजिक सञ्जालहरूमा अत्यन्तै प्रेरणादायी रूपमा फैलिएको छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply