असोज २४
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलसँग छलफल गर्ने भएका छन् । आज अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र राजनीतिक दलहरुलाई छलफलमा बोलाएको बताइएको छ ।
राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । यसअघि बिहीबार प्रधानमन्त्री कार्की र सरकारका केही मन्त्रीहरुले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका थिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1