कार्तिक ०१
एलीना चौहान र श्रीधर अधिकारीको स्वरमा शीर्ष गीत [भिडियो]
धनगढी — नेपाली चलचित्र क्षेत्रमा नयाँ सिर्जना ‘MAHAKALI – A Musical Short Movie’ सार्वजनिक गरिएको छ। कलाकार नेभ्याश्रीको लेखन र निर्माणमा तयार गरिएको यस फिल्ममा संगीत, अभिनय र दर्शनको सशक्त संयोजन गरिएको छ।
फिल्ममा नेभ्याश्री, लोमस शर्मा, राजकुमार थापा र प्रकाश कँडेल मुख्य भूमिकामा छन्। साथै प्रीतिका शर्मा, पूजा गौतम, संजिता भण्डारी, ज्ञानकुमार कटेल, अर्जुन न्यौपाने, शिव रिजाल र प्रज्वल पाठक लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
गीत र संगीत- फिल्मको शीर्ष गीत ‘महाकाली’ मा चर्चित गायिका एलीना चौहान र गायक श्रीधर अधिकारीको स्वर रहेको छ। गीतको संगीत र कम्पोज पनि श्रीधर अधिकारीकै रहेको छ भने मिक्सिङ–मास्टरी र एरेञ्जमेन्ट HBN किस्मतले गरेका हुन्। गीतको रेकर्डिङ 1DB Studio र NNp Studio मा गरिएको हो।
त्यस्तै अर्को धार्मिक गीत ‘हर हर शंकर / ॐ नमो शिव’ मा मदन केसी र सुलभ घिमिरेको स्वर सुन्न सकिन्छ। यस गीतको संगीत कम्पोजर पनि मदन केसी नै हुन्।
प्राविधिक पक्ष- फिल्मको क्यामेरा मन्दन काश्यप घिमिरेले सम्हालेका छन् भने एक्शन निर्देशन रमेश मगरले गरेका छन्। कोरियोग्राफर सुरेश पाण्डे, मेकअप आर्टिस्ट राकेश रनपाल, भिडियो सम्पादन भुपेन्द्र अधिकारी, पृष्ठभूमि संगीत मदन केसी, मिक्सिङ/मास्टरी सुलभ घिमिरे, र ३डी डिजाइन बसन्त न्यौपानेले गरेका छन्।
निर्माण टोली- फिल्मका प्रोडक्शन हेड ज्ञानकुमार कटेल, चीफ एडी मनी तामाङ, एसोसिएट डाइरेक्टर रामजी राउत रहेका छन्। डबिङ NNp Studioमा गरिएको हो भने पोस्टर डिजाइन विजय बन्स्यालले तयार पारेका हुन्।
भ्वाइस आर्टिस्टहरूमा सुलभ घिमिरे र पवन राई रहेका छन्। फिल्ममा पुकार ज्ञवाली र नितीश चौरासियालाई विशेष धन्यवाद दिइएको छ।
मिडिया पार्टनरहरू- फिल्मका मिडिया पार्टनरमा म्युजिक खबर (सुमन पण्डित), दैनिक भास्कर (बीके खुशवा, भारत) र नितीश चौरासिया (भारत) रहेका छन्।
विषयवस्तु र सन्देश- महाकाली’ले नारी शक्तिको जागरण, आध्यात्मिकता र सामाजिक चेतनालाई संगीत र अभिनयको माध्यमबाट चित्रण गरेको छ। फिल्ममा संघर्ष, श्रद्धा र आत्मशक्तिका आयामहरूलाई आधुनिक दृष्टिकोणमा प्रस्तुत गरिएको छ।
निर्मात्री नेभ्याश्रीका अनुसार, ‘महाकाली’ले नेपाली संगीत र छोटा फिल्मको क्षेत्रमा एक नयाँ अध्याय लेख्ने प्रयास गरेको छ।
भिडियो हेर्नुहोस्: Mahakali – A Musical Short Movie