प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। यसअघि सात सदस्यीय रहेको मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार सुधा गौतमलाई स्वास्थ्य मन्त्रालय, गणपतिलाल श्रेष्ठलाई पर्यटन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम मन्त्रालय र बब्लु गुप्तालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

यी चारै जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको र आजै शपथ ग्रहणको तयारी भइरहेको स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply